वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘सरकारले व्यापार र उद्योग संचालन गर्ने होइन’: कांग्रेस सभापति देउवा

अर्थटुडे
२०८२ बैशाख १५, सोमबार

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले व्यापार र उद्योग दुवै काम गर्न नहुने बताएका छन् ।
सोमबार काठमाडौमा भएको एक कार्यक्रममा उनले व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्नु पर्ने बताउँदै सरकारले दुवै गर्न नहुने बताएका हुन् ।

उनले भने, व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार उद्योग गर्ने होइन ’ । ‘सरकारले उद्योग र व्यापार नगर्ने भएका कारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली काँग्रेसको रहेको छ ।’ उनले थपे ।

‘आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु ।’ देउवाले भने ।

सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने समेत बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ