काठमाडौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्न सार्वजनिक लेखा समिति अन्तर्गतको संसदीय उपसमितिले सिफारिस गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद् राजेन्द्र लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले सोमबार मुल समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाउदै यस्तो सिफारिस गरेको हो ।
लेखा समितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियममता भएको भन्दै छानविनको माग राखी उजुरी परेको थियो । उजुरी पछि समितिले उपसमिति बनाएर छानविन थालेको थियो ।
सो अध्ययनको क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्नुपर्ने देखिएको हो ।
मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटकपटक नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले मास्टर लिष्टका आधारमा आधारमा २ अर्ब २२ करोड ४० लाख आर्थिक अनियमितता गरेको देखिएको’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया