वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नर छनौट समितिको रिक्त पदमा अधिकारी नियुक्त

अर्थटुडे
२०८२ बैशाख १७, बुधबार

काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सो ठाउँमा ल्याउने निर्णय बुधवारको मन्त्रिपरिषद्ले गरेको एक मन्त्रीले बताए ।

समितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल र भट्टराई सदस्य थिए । पूर्वगभर्नरको हैसियतमा भट्टराई सदस्य रहेकोमा सोही हैसियतमा अधिकारीलाई सिफारिस समितिमा राखिएको हो

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ