वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समितिमा छलफल नै नभई प्रतिवेदन बाहिरिएको भन्दै लेखासमितिमा हंगामा, संसदहरुले नै भ्रष्टाचारीलाई संरक्षण गरेकाे आलेको आराेप

अर्थटुडे
२०८२ बैशाख २१, आईतवार

काठमाडौं । समितिमा छलफल नै नभई पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन प्रतिवेदन बाहिरिएपछि लेखा समितिमा हंगामा भएको छ। समितिका सदस्यहरुले छलफल नै नभइ प्रतिवेदन कसरी बाहिरियो भन्दै आपत्ति जनाएका हुन् ।

सांसद राजेन्द्र केसीले उपसमितिप्रति प्रश्न गर्दै भने ‘प्रतिवदेन समितिमा नआई किन बाहिरियो ?’,त्यस विषयमा जवाफ दिनुपर्छ ।’
रास्वपा सांसद मनिष झाले हस्ताक्षर नभएको प्रतिवेदन बाहिरिएको विषयमा कडा आपत्ति जनाए । त्यस्तै कांग्रेस सांसद अर्जुननरसिंह केसीले केही तथ्य आइसकेको भन्दै थप तथ्य ल्याउनु पर्ने बताए ।

सांसद राजन दाहालले प्राविधक रूपमा पर्याप्त छलफल नभइ आएको प्रतिवदन जस्तो देखिएको बताए ।
उपसमिति संयोजक राजेन्द्र लिङदेनले भने सदस्यहरु सबैलाई प्रतिवेदन बाँडिएको भन्दै कसरी बाहिरियो भन्नेबारे जानकारी नभएको बताए ।

सांसदहरुले आपत्ति जनाएपछि उपसमिति सदस्यसमेत रहेका पूर्वपर्यटन मन्त्री प्रेमबहादुर आलेले १० जना रहेको समितिमा कसैले पनि प्रतिवदेन बाहिर नलगेको दावी गरे ।

उनले पोखरा विमानस्थलमा भ्रष्टाचार भएका विषयमा उपसमितिले शीर्षकगत भ्रष्टाचार भएको दाबी गर्दै अध्ययन समितिका सदस्यलाई धन्यवाद दिनुपर्नेमा उल्टै प्रश्न किन उठेको भनेर आक्रोश पोखे । आलेले ८ अर्ब लागत बढाए भ्रष्टाचार भएको दाबीसहित उपसमितिले प्रतिवेदन पेश गरेको जानकारी दिए ।

आलेले समितिका सदस्यले नै भ्रष्टाचारी जोगाउनका लागि प्रतिवेदन बाहिर लगेको हुन सक्ने आशंका गर्दै कतिपय सांसदले सञ्चारमाध्यममा गएर भ्रष्टाचारीको पक्षपोषण गरेको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘ १४ अर्बको ठेक्का २२ अर्ब पुर्याएको छ । समितिका सदस्यले नै भ्रष्टाचारी जोगाउन प्रतिवेदन बाहिर लगेको हो कि त्यसको अध्ययन गर्नुपर्छ।’

उपसमिति संयोजक लिङ्देनले भने आयोजनास्थलमा गएर सम्बन्धित पदाधिकारी र विज्ञसमेतसँग छलफल गरेर प्रतिवेदन तयार गरेको बताए ।

सांसद अमनलाल मोदीले समितिले छलफल गर्न सक्दैन भनेर सानो उपसमिति बनाएर छफलल गर्ने अभ्यास अनुसार नै उपसमिति बनाइएको र त्यस अनुसार अध्ययन भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ