वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अहमदाबादबाट लण्डनका लागि उडेको २४२ जना यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना

अर्थटुडे
२०८२ जेष्ठ २९, बिहीबार

काठमाडौ । भारतको एक विमानस्थल नजिकै विमान दुर्घटना भएको छ । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटना भएको हो ।

भारतीय समाचार संस्थान ‘द हिन्दु’का अनुसार अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको हो ।
एयर इन्डियाको फ्लाइट बोइङ ७८७ (ब्क्ष्१७१) को ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार रहेको एयर इन्डियाका प्रबक्ताले जानकारी दिएको द हिन्दुले जनाएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ