वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मध्यरातीमा कर्णालीले ल्यायो ३३ अर्बको बजेट

अर्थटुडे
२०८२ असार २, सोमबार

काठमाडौ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक बर्षको तुलनामा ५ प्रतिशतले बृद्धि भएको कर्णालीका आर्थिक मामिला मन्त्री राजीबविक्रम शाहले जानकारी दिए ।

कर्णालीले आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ ।

दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा १२ बज्नभन्दा केही मिनेट अघिमात्रै कर्णालीमा बजेट सार्वजनिक गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।

असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेपनि प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले बजेट बहिष्कार गर्ने चेतावनी दिएपछि दिनभर बजेट आउन सकेन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ