काठमाडौ । अर्थ समितिका सभापति सन्तोष चालिसे आगामाी मौद्रिक नीतिले बजार चलायमान बनाउनुपर्ने धारणा राखेका छन् । आइतबार अर्थसमितिको बैठकमा बोल्दै सभापति चालिसेले कम व्याजदर हुदा पनि ऋणको मागमा सुस्तता आउनु गम्भीर भएको भन्दै नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति बजार चलायमान हुनेगरी ल्याउनुपर्ने सुझाव दिए ।
उनले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म सहजै ऋण प्रवाह गर्नुपर्ने बताउदै ऋणको मागमा आएको कमीबारे अध्ययन हुनुपर्ने धारणा पनि राखे ।
त्यस्तै सभापति चालिसेले भने– ‘अर्थतन्त्र चलायमान बनाउन घरेलु उद्योगलाई २०–२५ लाखसम्म ऋण प्रवाह गर्नुपर्छ । बजारमा पैसा लैजानका लागि राष्ट्र बैंकले प्रभावकारी नीति ल्याओस् । हिजो ऋण लिएकाहरु अहिले किन सुस्ताए । सबै बैंकमा आउन किन डराए । यसबारे अध्ययन हुनुपर्छ । मौद्रिक नीतिले समेत सम्बोधन गर्नुपर्छ ।’
उनका अनुसार २०७२ सालको भूकम्पका बेला बैंकहरुले छुट दिने काम भएन । धेरैकोघरजग्गा बैंकमा अड्किएको छ । त्यसैले मान्छेहरु ऋण लिन जान सकिरहेका छैनन् ।
प्रतिक्रिया