वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीमा प्राधिकरणले लघुबीमा निर्देशिका परिमार्जन गर्ने

अर्थटुडे
२०८२ असार २४, मंगलवार

काठमाडौ । बीमा प्राधिकरणले लघुबीमा निर्देशिका परिमार्जन गर्ने भएको छ । पुराना कम्पनीहरुलाई अनिवार्य रुपमा लागु गरिएको लघुबीमा व्यवसायमा १० प्रतिशत लगानीको निर्देशनमा प्राधिकरणले पुनरावलोकन गर्ने भएको हो । मंगलबार प्राधिरणले पहिलो पटक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा अध्यक्ष शरद ओझाले सो कुरा बताएका हुन् ।

त्यस्तै अध्यक्ष ओझाले प्राधिरणले बीमा कम्पनीको क्रसहोडिङको बारेमा पनि आगामी आर्थिक बर्षमा काम गर्ने बताए । उनले प्राकृतिक व्यक्ति छुट्याउन कठिन भएकोले पनि अहिले क्रस होल्डिङको विषय थाती रहेको बताउँदै बीमा ऐनले निर्देशित गरेका कामहरु गर्नका लागि केही समय लाग्ने बताए ।

उनले भने, ‘क्रस होडिङको व्यवस्था लागू गर्न ऐनको दिएको समय सकिएको छ’, ‘कानुनी व्यक्ति पहिचानमा समस्या भएर यसको कार्यान्वयनमा ढिलाई भएको हो, अब प्राथमिकता दिन्छौं ।’

ऐनले जारी हुँदा तोकिएको भन्दा बढी लगानी भएका कम्पनीहरुको शेयर स्वामित्व मिलाउन २ वर्षको समयसीमा दिइएको थियो । उक्त समयसीमा २०८१ असोजमा समाप्त भइसकेको छ ।

अध्यक्ष ओझाले प्रतिस्पर्धी एवम् विश्वसनीय बीमा प्रणालीको विकास तथा विस्तार गर्ने र बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्ने उद्देश्यका साथ पहिलो पटक वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ