काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि जारी गरेको मौद्रिक नीति घरजग्गा र सेयरधितो कर्जामा बढी लचिलो देखिएको छ । शुक्रबार मौद्रिक नीति जारी गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले सुस्त बजारलाई चलायमान बनाउनका लागि सेयर र घरजग्गामा प्रबाह हुने ऋणको व्यवस्थालाई लचिलो बनाएको बताए ।
मौद्रिक नीतिमा पहिलो पटक घर निर्माण गर्दा तीन करोडसम्म कर्जा प्रबाह गर्ने व्यवस्था गरिएको छ । त्यस्तै घरकर्जाको लागि कर्जा मुल्य अनुपात ८० प्रतिशतसम्म हुने व्यवस्था गरिएको छ । अन्यको हकमा भने बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसअघि निजी आवासको लागि २ करोड रुपैयाँसम्म कर्जा प्रबाह गर्न सकिने व्यवस्था थियो ।
त्यस्तै मौद्रिक नीतिले सेयर धितो कर्जा एकल ग्राहक सिमा १० करोडले बढाएर २५ करोड बनाइएको छ । यसअघि प्रति ग्राहक १५ करोड रुपैयाँ थियो । गभर्नर भएको केही दिनमा नै पहिलो अस्त्रको रुपमा सेयर बजारमा धितो कर्जाको जोखिमभार घटाएर शत प्रतिशतमा झारेका गभर्नर पौडेलले मौद्रिक नीतिमार्फत सेयर बजारलाई थप लचिलो बनाएका छन् ।
आर्थिक बर्ष २०७८÷७९देखि तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको कर्जामा क्याप लगाउन सुरु गरेका थिए । उनले सो समयमा एक व्यक्ति वा संस्थाले एक संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तिय प्रणालीबाट १२ करोड लिन पाउने गरी क्याप लगाएका थिए । सो समयमा अधिकारीको व्यापक विरोध भएको थियो ।
त्यस्तै आर्थिक बर्ष २०८०÷८१ को प्रथम त्रैमासिक समिक्षा मार्फत एकल ग्राहहक कर्जाको सिमा १५ करोड पुर्याएको थियो । तर सोही समयको क्यापको व्यवस्थालाई अहिलेको गभर्नर पौडेलले पनि निरन्तरता दिएका छन् भलै क्यापको सिमा केही बढेको छ ।
त्यस्तै मौद्रिक नीति जारी गर्दै गभर्नर पौडेलले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुने अनुमान गरेको बताए ।
मौद्रिक नीतिवाट नीतिगत दरहरु परिवर्तन गरिएको छ । बैंकहरुले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात यथावत राखेपनि ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर ६.५ प्रतिशतबाट घटाएर ६ र नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनाइएको छ । यस्तै निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा घटाइएको छ । यसैगरी घरकर्जामा
प्रतिक्रिया