काठमाडौ । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षदेखि सवै प्रकारका भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको छ । मन्त्रालयले आइतबार मातहतका निकायलाई परिपत्र गर्दै आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन भनेको हो ।
नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया