वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्मचारी संचयकोषकाे योगदानमा आधारित निवृत्तभरण कोषमा १५ अर्ब जम्मा

अर्थटुडे
२०८२ श्रावण ४, आईतवार

काठमाडौ । कर्मचारी सञ्चय कोषबाट संचालित योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने संस्थाहरु बढ्दै गइरहेका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिव ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध भएका छन् ।

कोषमा आवद्ध भएका कार्यालय तथा संस्थाहरूका करिव ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिव १५ अर्ब रुपैयाँ.योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको छ ।

योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आवद्ध हुनेक्रम जारी रहेको छ । साथै, बैंक तथा वित्तीय क्षेत्र तथा निजीक्षेत्रबाट पनि योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्धताका लागि कोषमा सम्पर्क गर्नेक्रम उल्लेख्य रूपले बढ्दै गएको छ ।

कोषले आफ्नै स्रोतबाट योगदानकर्ताहरूलाई विभिन्न किसिमका सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ । जसअनुसार, सामाजिक सुरक्षा सुविधा अन्तर्गत योगदानकर्ताहरूलाई दुर्घटना क्षतिपूर्ति २ लाख, काजकिरिया अनुदान ४० हजार, प्रसूती सुविधा अन्तर्गत प्रतिप्रसूती ७ हजार ५०० तथा स्वाथ्योपचारतर्फ साधारण रोगमा १ लाखसम्म र कडा रोगमा १० लाख रुपैयाँसम्म सुविधा प्रदान गर्दै आएको छ ।

कोषले यही साउन १ गतेदेखि लागू हुने गरी योगदानकर्ताहरूलाई निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको छ । साथै, कोषले वार्षिक रूपमा आर्जन गर्ने मुनाफाको निश्चित प्रतिशत रकम समेत योगदानकर्ताहरूलाई प्रदान गर्ने गरेको छ ।

कोषले योगदानकर्ताहरूबाट संचित रकममा वार्षिक ५ प्रतिशत ब्याजदर र मुनाफा रकम समेत प्रदान गर्दै आएको छ । कोषले योगदानकर्ताहरूलाई सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी तथा सरल सापटी उपलब्ध गराउँदै आएको छ ।

नेपाल सरकारले २०८२ साल असार २० गते सबै मन्त्रालय, निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई आर्थिक वर्ष २०८२÷०८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न निर्देशन दिएको छ ।

निवृत्तभरण कोष ऐन, २०७५ कार्यान्वयनमा आएपछि नेपाल सरकारले निर्णय गरी कर्मचारी सञ्चय कोषलाई योगदानमा आधारित निवृत्तभरण कोष संचालनको जिम्मा दिए बमोजिम कोषले मिति २०७६ साल साउनदेखि योगदानमा आधारित निवृत्तभरण कोष समेत संचालन गर्न शुरू गरेको हो ।

सोही अनुरूप २०७६ साल साउन १ गतेपछि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, कोष, कम्पनी र समिति लगायतका सङ्गठित संस्थामा नियुक्त भएका कर्मचारीहरुको सम्बन्धित संस्थासँग सम्झौता गरी कोषबाट योगदानमा आधारित निवृत्तभरण कोष संचालन गर्दै आएको छ ।

योगदानमा आधारित अवकाश कोष अन्तर्गत योगदानमा आधारित निवृत्तभरण, योगदानमा आधारित आवधिक निवृत्तभरण, योगदानमा आधारित उपदान र योगदानमा आधारित आजीवन निवृत्तरण योजनाहरू संचालनमा रहेको प्रबक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिए ।

र यो पनि

कर्मचारी संचय कोषले प्रवर्द्धन गरेको कम्पनी बेतन कर्णाली अवैध, ६६ करोड जोखिममा

कर्मचारी संचय कोषले प्रवर्द्धन गरेको कम्पनी बेतन कर्णाली अवैध, ६६ करोड जोखिममा

कोषको अवैध कम्पनी काण्ड: जनार्दन शर्माकै दबाबमा स्थापना गरिएको थियो वेतन कर्णाली

कोषको अवैध कम्पनी काण्ड: जनार्दन शर्माकै दबाबमा स्थापना गरिएको थियो वेतन कर्णाली

कर्मचारी सञ्चयकर्ताद्धारा ६.२५ प्रतिशतमै कर्जा

कर्मचारी सञ्चयकर्ताद्धारा ६.२५ प्रतिशतमै कर्जा

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ