वि.सं. २०८२ आश्विन १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एडीबीले सार्वजनिक गर्यो पाँच बर्षे राष्ट्रिय साझेदारी रणनीति, ३ खर्ब १३ अर्ब लगानी गर्ने

अर्थटुडे
२०८२ श्रावण ६, मंगलवार

काठमाडौ । बहुआयामिक विकासमा सघाउने उदेश्यका साथ एसियाली विकास बैंक (एडीबी) ले ५ बर्षे राष्टिय साझेदारी रणनीति (२०२५—२०२९) मंगलबार सार्वजनिक गरेको छ । पाँच बर्षे अवधिमा २ अर्ब ३० करोड डलर अर्थात् ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने जनाएको छ ।

नेपालमा पहिलोपटक एडीबीले विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो र यो सहकार्यमा आधारित विकास योजनामा महत्वपूर्ण कोसेढुंगा सावित हुने एडीबीले जनाएको छ ।

राष्ट्रिय सझेदारी रणनीतिले नेपालको आगामी पाँच बर्ष नेपालमा कसरी काम गर्ने भन्नेबारे स्पष्ट पारेको छ । रणनीति आर्थिक बृद्धिमा नीजि क्षेत्रको नेतृत्वदायी भुमिका, युवहरुका लागि रोजगारीबृद्धि, वातावरणीय दिगोपना तथा जलवायु एवं विपद् उत्पादनशीलतामा केन्द्रित हुने एडिबीले जनाएको छ ।

त्यस्तै हरित अर्थतन्त्र र्मिाण, सुशासन, समावेशी विकास र सीपयुक्त मानव संशाधनमा केन्द्रित हुनेछ । आगाामी पाँच बर्षमा कस्ता कार्यक्रमहरुलाई बढी प्राथमिकता दिने भन्ने विषयमा भने नेपालले नै तय गर्नेछ । राष्टिय साझेदारी रणनीति एडिबीको संचालक समितिबाट असार ३ अर्थात् १७ जुन २०२५ मा स्वीकृत भएको थियो ।

यो साझेदारीले नेपालको १६ औ योजनाले लक्ष्य लिएको सुशासन, समावेशी आर्थिक विकास र सामाजिक न्यायको पक्ष पुरा गर्न महत्वपुर्ण भुमिका खेल्ने एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले जानकारी दिए ।

रणानीतिक याेजना नेपालकाे १६औ योजनासँग तादम्यता छः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एडिबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै ६ दशक लामो हाम्रो साझेदारीमा नयाँ अध्यायको शुरुवात भएको बताए ।

उनले भने, ‘१६औं योजनासँग तादम्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाहरूका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्नेछ ।’ आर्थिक रूपान्तरणको हाम्रो यात्रामा एडिबीको निरन्तर सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।“

“राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडिबीको अटल प्रतिवद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी, उत्थानशील, हरित र रोजगारी–सघन आर्थिक वृद्धिको वृहद् एजेण्डा तय गर्नेछ ।,“ एडीबीका राष्टिय निर्देशक आर्नो कोश्वाले भने ।

‘नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आवद्ध गरिएका लगानी परियोजना, नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग काम गर्न एडिबी प्रतिवद्ध छ ।“ कोश्वाले भने ।

‘राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रूपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितिकरणमा परेका साथै जोखिममा ÷रहेका समूहहरूको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकताहरू समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्दछ ।’ कोश्वाको दावी छ ।

एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत श्रीजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरेका थिए ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ