वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसिया र सिटिजन्स बैंक राष्ट्र बैंकको कारबाहीमा

अर्थटुडे
२०८२ श्रावण ८, बिहीबार

काठमाडौ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशनविपरित प्रमूख कार्यकारी अधिकृत (सिइओ) को सेवा सुविधा बृद्धि गरेको भन्दै सिटिजन्स बैंक इन्टरनेशनलाई कारबाही गरेको छ । सिटिजन्स बैंक तथा वित्तीय संस्था नियमन विभागले दिएको निर्देशन विपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको थियो।

त्यस्तै सिटिजन्स फास्ट ट्रयाक कर्जा अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न यस बैंकबाट दिइएको निर्देशनको पालना नगरेको भन्दै बैंकलाई सचेत गराएको हो। बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता (इभरग्रिनिङ) गरेको , दावी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद, बढाइएका कर्जाहरूमा नियम अनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हो।

बैंकले चालुपुँजी सम्बन्धी मार्गदर्शन, पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेको थियो। सोही अनुसार त्यस्तैगरी एनआइसी एसिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर÷परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था सरल एवं स्पष्ट भाषामा उल्लेख नगरेको पाइएको छ ।

त्यस्तै, बैंकले ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको देखिएपछि राष्ट्र बैंकले यस बैंकलाई सचेत गराएको पनि राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ