वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाडा अटो शो २०२५’ आगमी भदौ ३ देखि भृकुटीण्डपमा हुने

अर्थटुडे
२०८२ श्रावण २१, बुधबार

काठमाडौं । भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ हुन गईरहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने सो अटो शोले नवप्रवर्तनमा उत्साह ल्याउने अपेक्षा गरिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले १६ सफल संस्करणको इतिहास, अग्रणी ब्राण्डहरूको सहभागिता र लाखौं दर्शकको विश्वासले नाडा अटो शोलाई नेपालको अटोमोटिभ उद्योगको सबैभन्दा उत्कृष्ट मञ्चको रूपमा पुष्टि गरेको बताए।
अटो शोले नवीनतम प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक समेट्दै ग्राहक र अटो क्षेत्रको सम्पूर्ण कुरा एकै ठाउँमा ल्याउने कार्यक्रम तय भएको आयोजकले बताएको छ ।

शोमा विशेष रूपमा प्रस्तुत गरिने प्रविधिहरूमा युनिट्री रोबोट्स (स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीक), दीपल ईभीटिओएल यूएभी (भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक) लगायत रहने नाडाले जनाएको छ ।

त्यस्तै ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था गरि ३५ कम्पनीहरूको पनि स्टल रहने छ । शोमा १२५ भन्दा बढी प्रदर्शकहरू हुने छन् भने १ लाखभन्दा बढीले शोको अवलोकन गर्ने अपेक्षा आयोजनको छ । ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो शो हुने आयोजकको भनाइ छ ।

शोमा नेपाल ल्युब तेलले १२ भाग्यशाली विजेताहरुलाई एक वर्षका लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा दिने भएको छ ।
शोमा सुविधा र सुरक्षा सुनिश्चित गर्न सुविधाजनक जोन विभाजन, अग्रिम टिकट प्रि–बुकिङ, मिडिया डेस्क, महानगरिय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र आगो नियन्त्रण व्यवस्थाको व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ