वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड, वितरणयोग्य मुनाफा २२०% ले बढ्यो

अर्थटुडे
२०८२ श्रावण २३, शुक्रबार

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा बैंकको नाफा ३ अर्ब ८ करोड २८ हजार रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ पुगेको छ। सेवा शुल्क तथा अन्य आम्दानी १५.०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ भएको छ। सो अवधिमा बैंकले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङका लागि छुट्याएको छ।

सबै वित्तीय सूचकांकमा सुधार देखाएको बैंकको वितरणयोग्य मुनाफा भने झनै उल्लेख्य रुपमा २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। हाल बैंकको लाभांश दिन सक्ने क्षमता १३.२२ प्रतिशत रहेको छ।

सिद्धार्थले गत आवसम्ममा २ खर्ब ८० अर्ब ३२ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा पुगेको छ। बैंकको खराब कर्जा भने २.६२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको २.१७ प्रतिशतभन्दा केही बढी हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ