वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रसुवा बाढी–पहिरोमा एक खर्ब बीमा दावी, सबैभन्दा बढी हिमालयन एभरेष्टमा

अर्थटुडे
२०८२ श्रावण २५, आईतवार

काठमाडौं । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा र बाढी–पहिरोबाट भएको क्षतिको प्रारम्भिक बीमा दाबी रकम ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म विभिन्न बीमा कम्पनीमा ७८ वटा दाबी परेका छन्।

दाबीमध्ये सम्पत्ति बीमा ५, सामुद्रिक बीमा ९, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ५, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा रहेका छन्।

कम्पनीले प्राधिकरणमा पठाएकाे दाबी रकम हेर्दा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा धेरै ५५ करोड रुपैयाँ पुगेको छ। त्यसपछि शिखर इन्स्यारेन्समा १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्समा ८ करोड ७३ लाख र सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको दाबी दर्ता भएको छ।

यस्तै, नेको इन्स्योरेन्समा ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख, युनाइटेड अजोडमा ९१ लाख, आइजीआई प्रुडेन्सियलमा ७६ लाख ७० हजार, एनएलजीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।

असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमास्थित मितेरी पुल र भन्सार यार्डमा पार्किङ गरिएका सवारी साधन बगाएको थियो। साथै रसुवागढी जलविद्युतलगायतका संरचनामा पनि ठूलो क्षति पुगेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ