काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा ७.२५ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आवमा २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको बैंकले गत वर्ष २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ, जसअनुसार बैंकले २०.४७ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिएको छ । अघिल्लो वर्ष यो रकम १ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ थियो ।
यसवर्ष बैंकको नाफा सामान्य भएपनि जोखिम व्यवस्था वापत छुट्याएको रकम फिर्ता हुँदा वितरणयोग्य नाफामा उच्च बृद्धि देखिएको हो ।
बैंकको गत वर्ष खुद ब्याज आम्दानी २.८१ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । तर, खराब कर्जा अनुपात ०.५१ प्रतिशतबाट बढेर १.२१ प्रतिशतमा पुगेको छ।
चुक्तापुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा छ। बैंकको रिजर्भ ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ र रिटर्न अर्निङ २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया