काठमाडौ । अर्थमन्त्रालयले सहसचिवहरुको सरुवा गरेको छ । यसअघि अर्थमन्त्रालयको राजस्व शाखा सम्हालेका श्याम प्रसाद भण्डारीलाई भन्सार विभागको महनिर्देशक बनाएका छन् । त्यस्तै सम्पत्ति शुद्धीकरण विभाग सम्हालीरहेका सहसचिव सुमन दाहाललाई मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् ।
त्यस्तै यसअघि भन्सार विभाग महानिर्देशक रहेका महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रूपमा सरुवा भएका छन् । टंकप्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय प्रमुखमा टंकनाथ लम्साललाई खटाइएको छ । भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।
यसैगरी दीपक लामिछानेलाई उपमहालेखा नियन्त्रकको जिम्मेवारीमा खटाइएको छ । रमेश अर्याल आन्तरिक राजस्व विभाग उपमहानिर्देशक बनेका छन् । जनकराज शर्मालाई समेत उपमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।
दीलिपकुमार गौतम ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पदमकुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ । वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली बनेका छन् ।
प्रतिक्रिया