वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

३ दिनमा ७८ हजारले अवलोकन गरे नाडा अटो शो २०२५

अर्थटुडे
२०८२ भाद्र ६, शुक्रबार

काठमाडौं । उत्साहजनक सहभागिता रहेको ७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा तीन दिनमा ७८ हजार ५ सय १३ जनाले अवलोकन गरेका छन्।

अटो शोको पहिलो दिन मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेका थिए । दोस्रो दिन बुधबार २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका थिए। बिहीबार २९ हजार ८ सय २९ जनाले अवलोकन गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा आउँदो आइतबारसम्म चल्ने अटो शोमा चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्।

अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको छ। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने छन्।

नाडा अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्। अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।

स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ। त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन्।

नाडा अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक भएका छन्। जहाँ विद्युतीय सवारीसाधन पनि उल्लेख्य रुपमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ