वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेरी सडकमा उत्रिए उखु किसान

अर्थटुडे
२०८२ भाद्र ८, आईतवार

काठमाडौं । उखु किसान फेरी पनि सडकमा उत्रिएका छन् । आफ्नो असन्तुष्टि पोख्दै उखु किसानहरु काठमाडौंका सडकमा आन्दोलनमा उत्रिएका हुन् ।उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने भन्दै बानेश्वरदेखि माइतिघरसम्म प्रदर्शन गरेका हुन् ।

महोत्तरीमा उखुखेती गर्ने किसानको संख्या १५ हजार हाराहारी रहेको छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ दिदै आएकोमा यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका हुन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरुले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । उखु उत्पादक कृषक महासंघका सदस्य महाशङ्कर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने बताए । बर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग किसानले राखेका छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ