वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुचना सहित

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही

सवारी दर्ता गर्ने कार्यालयमै जडान गर्न पाइने

अर्थटुडे
२०८२ भाद्र १०, मंगलवार

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही गर्ने भएको छ । तत्काल इम्बोस्ट नम्बर प्लेट जडान गर्नेलाई जरिवाना नलाग्ने जनाएको छ ।

विभागका अनुसार सवारी दर्ता गगर्ने कार्यालयबाटै यो इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने व्यवस्था गरिएको छ । साथै आउदो असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही समेत गरिने विभागले जानकारी दिएको छ ।

विभागले मगंलबार एक सूचना जारी गर्दै चाँडै इम्बोस्ट नम्बर प्लेट जडान गरी कारबाहीबाट बच्न आग्रह गरेको छ । विभागले सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनमा ‘इस्बोस्ड नम्बर प्लेट क्रमश जडान गर्दै लैजाने निर्णय भएको थियो ।

विभाग एवं प्रदेश कार्यालयहरूबाट जडानमा सहजताका लागि उक्त स्थानहरूमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीधनीहरूको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको विभागको भनाइ छ ।

केन्द्र सरकारले २०७४ देखि इम्बोस्ड जडान सुरु गरेकोमा हालसम्म देशभरका ७१ हजार सवारी साधनमा मात्रै जडान भएको छ । जसमा बागमती प्रदेशका ५८ हजार ४१५ सवारीमा मात्रै इम्बोस्ड जडान भएको छ । बागमती प्रदेशमा २० लाख बढी सवारी साधन रहेका छन् ।

कति लाग्छ खर्च ?

यातायात व्यवस्था विभागले सवारी साधन अनुसार इम्बोस्ड नम्बर प्लेटको शुल्क तोकेको छ ।

दुईपाँग्रे सवारी साधनका लागि २ हजार ५००, तीनपाँग्रेका लागि २ हजार ९००, चारपाँग्रे साना तथा मझौला सवारीका लागि ३ हजार २०० र ठूला सवारीका लागि ३ हजार ६०० रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ