वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भदौदेखि मंसिरसम्म बैंकलाई दैनिक २५ किलो सुन आयातको अनुमति

अर्थटुडे
२०८२ आश्विन २४, शुक्रबार

काठमाडौं  । बजारमा माग बढेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा अस्थायी रूपमा वृद्धि गरेको छ। अब बैंकहरूले दैनिक २५ किलोसम्म सुन आयात गर्न पाउने भएका छन्।

राष्ट्र बैंकका अनुसार भदौदेखि मंसिर मसान्तसम्मको चाँदी र सुनको व्यापारिक सिजनका लागि यो व्यवस्था लागू हुनेछ। यस अवधिमा विवाह, चाडपर्व र तिहार-छठ जस्ता पर्वहरूमा सुनको माग उच्च हुने भएकाले आपूर्ति सहज बनाउन आयात सीमा बढाइएको हो।

अहिलेसम्म बैंकहरूले दैनिक २० किलोका दरले सुन आयात गर्न पाउँथे। नयाँ व्यवस्थाअनुसार मंसिर मसान्तसम्म दैनिक पाँच किलो बढी आयात गर्न पाउने भएका छन्।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सुन आपूर्तिमा देखिएको असन्तुलन हटाउनका लागि सुन आयातकर्ता बैंकहरूलाई कोटा वृद्धि गर्ने निर्णय गरेको हो। यसले बजारमा कृत्रिम अभाव घटाउने र मूल्य स्थिरता कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सुन आयातको कोटा मुख्यतः बाणिज्य बैंकहरूले राष्ट्र बैंकको अनुमति प्राप्त गरी स्वीकृत व्यापारीहरू मार्फत ल्याउने गर्छन्। नेपालमा सुनको माग प्रायः विवाह, पर्व र औपचारिक अवसरहरूमा अत्यधिक हुने भएकाले मागअनुसार आपूर्ति सुनिश्चित गर्न राष्ट्र बैंकले यस्तो कदम चालेको हो।

वर्तमान बजार मूल्य अनुसार प्रति तोला सुनको मूल्य हाल झण्डै एक लाख ४३ हजार रुपैयाँको हाराहारीमा पुगेको छ। कोटा बढेपछि बजारमा आपूर्ति सुधारिने र मूल्य केही स्थिर हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ