वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्यानको नयाँ निर्णय : जेष्ठ नागरिकलाई हवाई टिकटमा विशेष छुट

अर्थटुडे
२०८२ कार्तिक २, आईतवार

काठमाडौं । अब जेष्ठ नागरिकहरूले हवाई यात्रामा ठूलो छुट पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र देशभरका वायुसेवा सञ्चालकबीच नयाँ भाडा सहमति भएको छ।

कात्तिक २ गते प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच भएको छलफलपछि छुटको नयाँ दर तय गरिएको हो।

नयाँ व्यवस्थाअनुसार, ७० वर्षभन्दा माथिका यात्रुहरूलाई नेपाल सरकारले तोकेको अधिकतम भाडामा ५० प्रतिशत छुट दिइनेछ। त्यस्तै, ७५ वर्षभन्दा माथिका नागरिकले ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकले ८० प्रतिशतसम्म छुट पाउने छन्।

फरक क्षमता (अशक्तता) भएका यात्रुहरूका हकमा समेत न्यूनतम ५० प्रतिशत छुट अनिवार्य रूपमा लागू हुने क्यानले जनाएको छ। प्राधिकरणका अनुसार, जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूलाई सम्मान र सुविधा दिने उद्देश्यले गरिएको यो निर्णय आजैदेखि लागू गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ