वि.सं. २०८२ कार्तिक ७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दशैं–तिहारले विमानस्थलमा बढ्दो चहलपहल

त्रिभुवन विमानस्थल उच्च क्षमतामा सञ्चालनमा

अर्थटुडे
२०८२ कार्तिक ५, बुधबार

काठमाडौं । दशैंको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यधिक व्यस्त बनेको छ । पछिल्लो एक महिनाको तथ्यांक अनुसार, विमानस्थलमार्फत साढे ७ लाखभन्दा बढी यात्रुले आवतजावत गरेका छन् ।

अक्टोबर २०२५ मा मात्र ७ लाख ६१ हजार ४१४ यात्रुले विमानस्थलको सेवा लिएका छन् । दशैं–तिहार जस्ता मुख्य चाडपर्वका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै तर्फ यात्रु संख्या उल्लेखनीय रूपमा बढेको हो ।

आन्तरिक तर्फ मात्रै ३ लाख २३ हजार १२ यात्रुले सेवा लिएका छन् । तीमध्ये २ लाख ४ हजार ५८८ जना यात्रु काठमाडौंबाट उडेका छन् भने १ लाख १८ हजार ४२४ जना यात्रु काठमाडौं फर्किएका छन् । यस अवधिमा ८ हजार ४१७ उडान तथा अवतरण भएको छ ।

अन्तर्राष्ट्रिय तर्फ भने १ लाख ९५ हजार ८७६ यात्रु विदेश गएका छन् भने २ लाख ४० हजार ३९४ यात्रु नेपाल आएका छन् । यसरी कुल ४ लाख ३८ हजार ४०६ अन्तर्राष्ट्रिय यात्रु विमानस्थल हुँदै आवतजावत गरेका छन् ।

यसबाहेक २ हजार १३६ यात्रुले ट्रान्जिट सेवा प्रयोग गरेका छन् । विमानस्थलका अनुसार हाल ३१ अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले सेवा दिइरहेका छन् । दशैं र तिहारको चहलपहलका कारण त्रिभुवन विमानस्थल हाल उच्च क्षमतामा सञ्चालनमा रहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ