लक्ष्मीराज पाध्याय\बाजुरा : जिल्लामा संचालित पत्रपत्रिका आर्थिक संकटमा परेका छन् । सरकारी कार्यालयहरुले स्थानीय पत्रपत्रिकालाई सहयोग नगरेका कारण प्रकाशित गर्न ग्राहो भएको भन्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाजुरामा जिल्लाका संचार माध्यमाका समस्या बारे तिन बुँदे ज्ञापन पत्र बुझाईएको छ ।
आईसीटी पत्रकार विकास मंच बाजुरा र क्रान्तिकारी पत्रकार संघले सोमबार संयुक्त ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी धनप्रशाद शर्मा पौडेल लाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले राखीका सबै समस्या सान्धर्बीक भएको र सूचना आयोग बाट समेत परीपत्र भएकोले समस्या चाँडै समाधान हुने आश्वासन दिए ।
जिल्लामा सानो बजार विज्ञापनको अभाव र अस्वस्थ प्रतिस्पर्धाका कारण पत्रिका चलाउन समस्या परेको संचारकर्मीले बताएका छन् । प्रशासन कार्यालयमा १० पत्रिका दर्ता भए पनि आर्थिक अभाबका कारण धमाधम बन्द गर्नु पर्ने अवस्था सृजना भएको छ ।
सरकारी कार्यालयले प्रकाशन गर्ने सार्बजनीक हितका सूचनाहरु समेत रेडियोहरुलाई मात्र दिने, सूचनाहरु स्थानीय पत्रिकामा प्रकाशन नगर्नेलगायतका समस्या रहेको छ ।
प्रतिक्रिया