वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईपुग्यो निगमको एयरबस सगरमाथा, छिट्टै व्यवसायीक उडान थाल्ने

अर्थटुडे
२०७१ माघ २६, सोमबार

काठमाडौं । नेपाल वायुसेवा निगमले २७ वर्षपछि नयाँ जहाज किनेको छ । फ्रान्सेली कम्पनी एयरबससँग खरिद गरेको सगरमाथा विमान आईतबार नेपाल आइपुगेको छ । अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान ए–३२०–२०० सिरिजको हो । कतारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि पञ्चेबाचा र पञ्चकन्यासहितको स्वागत गरिएको थियो भने आकाशभैरब र विमानको पूजा गरिएको छ ।

nepal airlines

विमानमा पर्यटनमन्त्री दिपकचन्द्र अमात्य, निगमका अध्यक्ष शिवशरण न्यौपाने, प्रवन्ध निर्देशक मदन खरेल नागरिक उड्यन प्राधिकरणका पदाधिकारी, कर्मचारी, पाइलट, ईन्जिनियर गरि १८ जना सवार थिए । यस्को कल साइन ९ एन ए के डब्लु हो ।

जहाजमा विजनेस क्लास ८ सिट र इकोनोमी क्लसका १ सय ५० वटा सिट छन् । यो सहित अब निगमसँग तीन वटा ठूला विमान भएका छन् । यसअघि निगमले २७ वर्षअघि २०४४ सालमा अन्तर्राष्ट्रिय उडानको लागि दुई वटा बोइङ विमान किनेको थियो ।

२०७० असार मा एयरबस कम्पनीबाट २ विमान खरिद गर्ने सम्झौता गरे अनुसार यो पहिलो विमान हो । २ विमान खरिद गर्न निगमले २०७० जेठमा १० अर्ब ऋण सम्झौता गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ