काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टर्किस एयरलाईन्सको विमान बुधबार दुर्घटना भएको छ । २ सय २४ जना यात्रु बोकेको विमान अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कुनै मानविय क्षति नभएको र सबै यात्रु र चालक सकुशल रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलमा अवतरण गर्न खोज्दा बिमानको चक्का ननिस्किएपछि बिमान दुर्घटना उन्मुख भएको हो । टर्किस एयरलाईन्सको ७२६ फ्लाइटको विमान रनवेमा पछाडीको चक्काका भरमा अवतरण गराईएको हो ।
नागरिक उड्यन कार्यालयले विज्ञप्ती जारी गर्दै दुर्घटना भएको विमान धावन मार्गकै छेउमै रहेकाले उडान सुरक्षाका दृष्टिले साँझ पाँच बजेसम्म अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएको जनाएको छ।
विज्ञप्तिमा विमान दुर्घटनाबाट उत्पन्न भएको असामान्य अवस्थालाई व्यवस्थापन गर्न विमानस्थलस्थित आपतकालीन समन्वय केन्द्रलाई सक्रिय बनाइएको र विमानस्थलमा उडान संचालनलाई सामान्य बनाउने प्रयास भइरहेको जनाइएको छ। आन्तरिक उडान भने धावनमार्गमा आवश्यक व्यवस्था मिलाई संचालन गरिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।
प्रतिक्रिया