काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख ५० हजार रुपैयाँ घुस सहित काठमाडौं महानगरपालिकाका शाखा अधिकृत दीपक अधिकारीलाई पक्राउ गरेको छ । अधिकृत अधिकारीले भक्तपुरको बालकोटस्थित रिनादेवी साहको घरमा तला थप्न नक्सा पास गराइदिने कामका लागि सो रकम घुस मागेका थिए ।
उनले त्यत्तिका रकम मागेपछि अख्तियारमा अधिकारीविरुद्ध उजुरी परेको थियो । आयोगको टोलीले उजुरीको आधारमा अधिकारीलाई घुस लिइसकेको अवस्थामा ३ लाख ५० हजार रुपैयाँ सहित आइतबार पक्राउ गरेको हो । पक्राउ परेका अधिकारी बारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया