वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्वभरका देशको झण्डा सगरमाथामा

अर्थटुडे
२०७१ चैत्र २५, बुधबार

काठमाडौं । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुको झण्डा सगरमाथाको चुचुरोमा पुर्याइने भएको छ । ‘विश्व शान्ति र मित्रताका लागि सगरमाथा आरोहण २०१५’ अभियानमार्फत झण्डा सगरमाथामा फहर्याउन लागिएको हो । मञ्चका उपाध्यक्ष पर्वतारोही फुर्वाठिले शेर्पाले झण्डाहरु सगरमाथा पुर्याउनेछन्

mt evrest

विश्व शान्ति र मित्रताको कामना गर्दै संसारभरका राष्ट्रिय झण्डाहरु विश्वको सर्वोच्च शिखर सगरमाथामा फहर्र्याउन लागिएको मञ्चका अध्यक्ष विनय शाक्यले बताए । यसका लागि नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयबाट आधिकारिक रुपमा झण्डासहित अनुमति प्राप्त गरिसकेको छ ।

सगरमाथाको चुचुरोमा झण्डा फहराई सबै प्रकारका हिंसा त्यागेर शान्ति र मित्रताको मुल धारमा आउने कार्यमा ऐक्यवद्धता जनाउन मञ्चले सबै मुलुकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ