वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नक्कली नोट बनाउने व्यक्ति प्रिन्टर र नोटसहित पक्राउ

अर्थटुडे
२०७२ भाद्र १६, बुधबार

काठमाडौं । प्रहरीले नक्कली नोट बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । टोखा नगरपालीका–१३ गोंगबु आकाशेपुलबाट २० वर्षिया दिपक न्यौपानेलाई नोट छाप्ने प्रिन्टर, एक हजार रुपैयाँका ८० थान नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

nakkli note

न्यौपानेको साथबाट प्रहरीले बरामद गरेको नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको प्रिन्टर

नुवाकोट वागेश्वरी–७ घर भएका दिपक प्राईम लाईफ इस्योरेन्सका जीवन बिमा एजेन्ट समेत हुन् । उनले नेपाली नोट मोवाईलबाट फोटो खिचिरे प्रिन्ट गर्दै बजार पठाउने गरेका थिए । उनको साथबाट मोवाईल, कैची समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त न्यौपाने

अभियुक्त न्यौपाने

पक्राउ परेका न्यौपानलेलाई खोटाचलन मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ