वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदेशी र नेपाली रुपैयाँ अपचलन गर्ने चार चीनीयाँ नागरिक पक्राउ

अर्थटुडे
२०७२ मंसिर ११, शुक्रबार

काठमाडौँ । नेपाली र विदेशी मुद्रा अपचलन गर्ने चार चीनीयाँ नागरिकलाई प्रहरीको अपराध अनुसन्धान व्युरो (सिआइवी) ले पक्राउ गरेको छ ।central-investigation-Bureau-Nepal
पक्राउ पर्नेमा चीनीयाँ नागरिक मा छियो चु, पावे लु, वाउ फु र चुक्वाङ ल्यु रहेका छन् । उनीहरुमध्ये ल्यु चीनको चेइचीङका हुन भने अरु तीन जना चीनको हेपेइ प्रान्तका रहेको सिआइवीले जनाएको छ ।

व्यूरोका अनुसार उनीहरुलांई काठमाडौँको ठैटीबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट १७ हजार ३ सय ५३ चीनीया युआन, ४७० युएइ दिनार , ६२ अमेरिकी डलर र ँ ७१ लाख ८९ हजार नेपाली रुपैया गरी कुल ७४ लख ९५ हजार नेपाली रुपैयाँ बरमद गरेको हो ।

उनीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहर भवनमा पठाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ