वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये २३ औ स्थानमा काठमाडौं

अर्थटुडे
२०७२ चैत्र १०, बुधबार

काठमाडौं । विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमध्ये काठमाडौं २३ औ स्थानमा परेको छ । ट्राभल वेबसाइट ट्रिप एडभाइजरले छनौट गरेको सन् २०१६ का लागि घुम्न जाने उत्कृष्ट गन्तव्यहरुको सूचिमा पहिलो नम्वरमा बेलायतको लन्डन रहेको छ ।kathmandu_tour

उत्कृष्ट दोस्रो गन्तव्यमा टर्कीको स्तानवुल तेस्रोमा मोरक्कोको माराकेच, चौथोमा फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप, छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड रहेको छ ।

विश्वभर घुमेका लाखौं पर्यटकको छनौटमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गर्ने गरेको छ । ट्रिप एडभाइजरले हरेक वर्ष उत्कृष्ट गन्तब्यहरु सार्वजनिक गर्दै आएको छ ।

गत वर्षपनि काठमाडौ उत्कृष्ट २५ पर्यटकीय गन्तवयभित्र परेको थियो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो । काठमाडौंपछि अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्ट उत्कृष्ट गन्तव्यमा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ