काठमाडौ । अव सर्वसाधरणले थप तीनवटा दरवारहरु समेत अवलोकन गर्न पाउने भएका छन् । नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेपछि सर्वसाधरणले पनि तीनवटा दरवार अवलोकन गर्न पाउने भएका हुन् ।
नेपाल ट्रस्टको कार्यालयका अनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटौडा) रहेका छन् ।
गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई एक हजार, स्वदेशी नागरिकलाई १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि ५००, स्वदेशी नागरिकलाई ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई २५ निर्धारण गरिएको छ ।
यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि १००, स्वदेशी नागरिकका लागि २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि १० शुल्क निर्धारण गरिएको छ । निकट भविष्यमा नै अन्य दरबार पनि अवलोकन गर्नको लागि अनुमति दिने तयारी गरेको पनि नेपाल ट्रष्टले जनाएको छ ।
प्रतिक्रिया