वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ शक्ति नेपालका अध्यक्ष भट्राइले भनेः२५ वर्षमा नेपाल विश्वमा नै धनी

अर्थटुडे
२०७३ जेष्ठ २३, आईतवार

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आगामी २५ वर्षमा नेपाललाई विश्वमा नै धनी बनाउने बताएका छन् ।baburam

नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा ठिमीमा आयोजित अन्तक्रियामा उनले दश वर्षभित्र गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी देश बनाउने लक्ष्य रहेको बताए ।

उनले भने, ‘यो हाम्रै पालोमा हुनुपर्छ, त्यसका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ ।’ उनले भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने बताए ।

सो कार्यक्रममा उनले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने समेत बताए । मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ