वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सभामुखलाई प्रधानमन्त्रीले भने—पदको मर्यादा कायम राखेर बजेट पास हुन दिनुस्

अर्थटुडे
२०७३ श्रावण ४, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखलाई मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेट पास नभएकोबारेमा प्रश्न गरेका छन् । ’असार मसान्तसम्म पास गर्नेुपर्ने बजेट विधेयकको कार्यसूची सभामुखले मिचेको’ भन्दै उनले सभामुख समक्ष असन्तुष्टी प्रदान गरे ।

kp oli
सभामुखलाई उनले नियमसंगत तरिकाले पहिले बजेट पास गरेर मात्रै अविश्वासको प्रस्तावमा जानुपर्नेबारे अवगत गराएका थिए ।
प्रधानमन्त्रीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

सभामुख घर्तीले दलहरुबीच सहमति नभएको भन्दै बजेटका आश्रित तीन विधेयक पास गर्ने कार्यसूची रहे पनि सूचना टाँस गरेर बैठक स्थगित गर्दै साउन ६ गते अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची सार्वजनिक गरेकी थिइन् ।

असार २९ गते माओवादी केन्द्र र कांग्रेस सहितका दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि संसद बैठक बस्न सकेको छैन । सोही दिन आर्थिक विधेयक, २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक २०७३ माथि छलफल गर्ने कार्यसूची थियो ।

प्रधानमन्त्री ओलीले हिजैमात्र आफूविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्र र कांग्रेसका शीर्ष नेतालाई बजेटमा आश्रित विधेयकहरु पास नगरी अविश्वास प्रस्ताव अघि बढ्न नसक्ने अडान पेस गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ