वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिनियाँ राष्ट्रपति नेपाल नआउनुको मुख्य कारण सरकार विघटनःमन्त्री राई

अर्थटुडे
२०७३ श्रावण ६, बिहीबार

भक्तपुर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बर्तामान सरकारको विघटन ने चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा नआउनुको मुख्य कारण रहेको बताएका छन् ।
रफत सञ्चार क्लबकले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले त्यो सरकार बिघटन गरेको आरोप लगाए ।minister-sherdhan-rai

वर्तमान सरकार माथि अविश्वासको प्रस्ताब काँग्रेस र माओवादीबीच गलत नियतले अध्याँरो कोठामा बसेर गरिएको र यसले सकारात्मक परिणाम नल्याउने भन्दै उनले नयाँ गठबन्धन नेपाल र नेपालीको हितमा नभएको दावी गरे ।

संसदमा सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भएता पनि हाल उहाँको भूमिकालाई नियाल्ने हो भने निश्पक्ष नरहेको उनको दाबी छ । सभामुखले वर्तमान समयमा आफ्नो भूमिका निष्पक्ष राख्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको र यसले संसदको मर्यादामा समेत प्रश्न उठेको उनको भनाई छ ।

वर्तमान सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्री राईले भन्नुभयो यो नीति तथा कार्यक्रम २ करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड गरे  ।

उनले नेपाली काँग्रेस र माओबादी केन्द्रबीच भएको सम्झौता आफ्नो इच्छाले भन्दा पनि बाहिरी प्रभावमा बनेको स्पष्ट भएको बिभिन्न स्थानमा गरिएका भोज र तराई आन्दोलन सरिक गठबन्धनले काँग्रेस र माओबादीलाई गरेको सहयोग रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ