वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साझाका नयाँ बस केहिदिनमै काठमाडौंमा चल्ने

अर्थटुडे
२०७३ श्रावण १३, बिहीबार

 काठमाडौं । साझा यातायातका नयाँ ३० बस केहि दिनमै काठमाडौं आईपुग्ने भएका छन् । काठमाडौं महानगरपालीका समेत सेयर रहेको साझाले भारतबाट ल्याउन लागेका नयाँ बसको निर्माण अन्तिम चरणमा पुगको छ । बस निर्माण भइसकेको र अबको केही दिनमा बस नेपाल आइसक्ने साझा यातायातका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

काठमाडौँको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप तीस ठूला बस ल्याउन लागिएको उनले बताए ।

साउन महिनाभरिमा ल्याउन लागिएका सबै बस आइसक्ने र भदौको पहिलो साताबाट सञ्चालनमा रहेका १६ र ल्याइने तीस बस गरी काठमाडौँ उपत्यकामा साझाका ४६ बसले नागरिकलाई सेवा दिनेछन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपाङ्गमैत्री रहेका छन् । जम्मा ४० सिट रहने उक्त बस शारीरिकरुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्नेगरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा अशोक लेल्यान्डले पाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ