वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१० भन्सार कार्यालयमा ‘कन्टनेर स्क्यान्टर एक्सरे मेसिन’ राख्ने तयारी

अर्थटुडे
२०७३ भाद्र ३, शुक्रबार

काठमाडौं । भन्सार विभागले चीन सरकारको सहयोगमा ९७ प्रतिशतभन्दा बढी व्यापार हुने १० मुख्य भन्सार कार्यालयमा ‘कन्टनेर स्क्यान्टर एक्सरे मेसिन’ राख्ने तयारी गरेको छ ।
भन्सार जाँचपासलाई छिटोछरितो बनाउन तथा राजस्व छली र निषेधित वस्तु रोक्नका लागि मुख्य १० भन्सार कार्यालयमा स्क्यानर मेसिन राख्न लागिएको विभागले जनाएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सुक्खा बन्दरगाहमा भएका स्क्यानर मेसिन बिग्रिएकाले मर्मत गर्नसमेत चीनसँग आग्रह गरिएको छ । “स्क्यानर मेसिन मर्मत हुनसके थप ८ वटा र नभए १० वटा स्क्यानर मेसिनको उपलब्ध गराउन चीनसँग आग्रह गरिएको थियो । तर यसबारे नेपाल र चीनविच छलफल जारी रहेको समेत भिागले जनाएको छ ।
मुख्य भन्सार कार्यालयहरू वीरगन्ज, भैरहवा, सुक्खा बन्दरगाह, विराटनगर, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, नेपालगन्ज, कृष्णनगर, मेची, कैलाली र कृष्णनगर भन्सार कार्यालय १÷१ स्क्यानर मेसिनको व्यवस्था गर्न चीन सरकारलाई आग्रह गरिएको विभागले जनाएको छ
कन्टेनर स्क्यानिङ मेसिनबाट कन्टेनरमा कुन–कुन वस्तु छ सजिलै हेर्न सकिनेछ । यसबाट छिटो जाँचपास हुने भएकाले व्यापार लागत पनि कम पर्छ ।

“मेसिनले स्क्यानिङ गरेपछि व्यापारीले घोषणा गरेको वस्तुभन्दा फरक वस्तु वा अवाञ्छित वस्तु पनि छ भने सहजै पत्ता लगाउन सकिन्छ ।” सरकारले निषेध गरेका वस्तु भए यसले रोक्नेछ । यस्तै, यात्रुको होल्ड ब्यागेज एक्सरे मेसिनमार्फत शीघ्र जाँचपास गर्ने भएको छ । भन्सार विभागको बजेटबाटै होल्ड ब्यागेज एक्सरे मेसिन खरिद गर्ने भएको छ ।

सोमबार एक्सरे मेसिनको टेन्डर आह्वान गर्ने तयारी विभागको छ । “होल्ड बागेज एक्सरे मेसिन चाँडै नै सञ्चालनमा आउनेछ “बजेट पनि छ, टेन्डरको तयारी पनि पूरा भइसकेको छ ।” यसबाट भन्सार जाँचपास शीघ्र तथा आधुनिक भन्सार सुविधा प्रत्याभुति हुनेछ ।

यस्तै, वेबमा आधारित आसिकुँडा वर्ल्ड प्रणलीमार्फत १० वटा भन्सार विन्दुबाट जाँपचापसको व्यवस्था मिलाउने भएको छ । अहिले मेची भन्सार र सुक्खा बन्दरगाहमा वेबमा आधारित आसिकुँडा वर्ल्ड सञ्चालनमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ