वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिजर्भ बैंक अफ इन्डियाको गभर्नरमा पटेल, सेप्टेम्वरदेखि कार्यभार सम्हाल्ने

अर्थटुडे
२०७३ भाद्र ५, आईतवार

काठमाडौं । भारत सरकारले रिजर्भ बैंक अफ इन्डिया (आरवीआइ) को ४४ औ गभर्नरको रुपमा उर्जित पटेललाई नियुक्त गरेको छ ।
पटेल यसअघि डेपुटी गभर्नरको रुपमा आरवीआइमा नै कार्यरत थिए । भारत सरकारको शनिवारको निर्णय अनुसार पटेललाई गभर्नरमा नियुक्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । पटेलले आफू डेपुटी गभर्नर हुदा मौद्रिक नीति विभाग समेत सम्हालेका थिए ।

भारतमा हालका गभर्नर रघुरामलाई नै निरन्तर दिन वा अन्यलाई बनाउने भन्ने विषयमा बादविवाद नै चलेको थियो । तर रघुरामले नै अर्को कार्यकाल नदोहोर्याउने बताएपछि सरकारले पटेललाई गभर्नर नियुक्ती गरेको हो । ५२ वर्षिय पटेलले अव ३ वर्ष आरवीआईको नेतृत्व सम्हाल्ने छन् । पटेललाई गभर्नर रघुराम राजनका निकटस्थ मानिँदै अएको छ । उनले आगामी सेप्टेम्बरबाट गभर्नरको कार्यभार सम्हाल्ने भएका छन् ।
पटेलले अमेरिकाको येल युनिभर्सिटीबाट विद्यावारिधी गरेका थिए । भारतीय संचार माध्यमले पटेलको भारतीय अर्थतन्त्रलाई टिकाउनु, मुद्रा स्फीतिलाई अहिलेकै अवस्थामा राख्नुलगायत विभिन्न ५ वटा चुनौती रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ