काठमाडौं । एनजीओको नाममा ठगी गर्ने सकुन सेरचन्द र अमरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सेरचन्द अध्यक्ष रहेको बुद्धिष्ट जनाधिकार मंच नेपाल नामक गैर सरकारी संस्थाबाट भुकम्प पिडितको नाममा उठाएको रकम ठगी गरेको भन्ने आरोपको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
भुकम्प पिडितलाई राहत तथा सहयोग उपलव्ध गराउने नाममा अमेरिकास्थित गो फन्ड मि, मलेसियाको शाक्यमुनी फाउन्डेसन र दुवईको मेकान्नी जस्ता संस्थाबाट राहतको लागि भन्दै विभिन्न मानिसहरुबाट पटक पटक गरी तीन करोड १७ लाख छयालीस हजार पाँच सय रुपैयाँ संस्थाको नााममा जम्म गराउन लगाएका थिए ।
जम्मा भएको सो रकममध्ये एक करोड ६० लाख ७८ हजार रुपैयाँ भुकम्प पिडितलाई राहत वितरण गरेको देखाएर ठगी गरेको प्रहरीले जाकारी दिएको छ । संस्थाको पूर्व पदाधिकारीहरुले उनीहरुले सो रकम ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमडौंमा निवेदन दिएका थिए । सोही आधारमा सेयरचन्द र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया