वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेरै कार्यकालमा आन्तरिक र बाह्य दुवै उडानका लागि १८ वटा जहाज किन्ने गुरूयोजना छः मन्त्री शाही

अर्थटुडे
२०७३ भाद्र १६, बिहीबार

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्र्तराष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन् ।
विहिबार एक कार्यक्रममा उनले महत्वकांक्षी योजना सुनाउदै भने,‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता छ, मेरै कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि ५÷६ वटा बोयिङ अथवा एयरवस र आन्तरिक उडानको लागि १०÷१२ वटा विमान ल्याउने योजना बनाएको छु, त्यसको लागि गृहकार्य सुरु गर्छु, यसमा पत्रकारहरुको साथ र सहयोग चाहिन्छ, विमान किन्न म पछि हट्दिन् ।’
मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याएमात्रै पर्यटन क्षेत्रको विकास हुने बताएका हुन् । उनले भने,‘विगतमा जहाज ल्याउने तयारी गर्दा सँधैभरि मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चन थियो, अब त्यो नहोस भन्ने म चाहन्छुृ, यसमा सबैको सहयोग चाहिन्छ, पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि हामीले फराकिलो मनले सोच्नुपर्छ, पर्यटन क्षेत्रको विकास भयो भने मात्रै मुलुक समृद्ध हुन्छ ।’
उनले मेरो कार्यकाल अब ८ महिनामात्रै बाँकी छ, यो वीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने हामी जहाज किन्ने योजनामा सफल हुन्छौं, पैसा तत्काल तिर्नुपर्दैन, सरकार जमानी बस्छ र जहाज खरिद गरेर ल्याउँछौं ।”
उनले हाल वर्षमा ५०÷६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै आफ्नै अन्र्तराष्ट्रिय उडानको लागि जहाज भए उक्त रकम स्देशी पुँजीको रुपमा रहने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले २८ वर्षदेखि निर्माणाधिन कालिकोटको कोटवाडा विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफ्नो कार्यकालमा नेपालको हवाई उड्डयन क्षेत्रलाई ब्याकलिष्टबाट हटाउने विश्वास व्यक्त गरे । उनले भने,‘व्ल्याकलिष्टबाट हटाएर नेपाली उड्डयन क्षेत्र पनि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्छु, यसमा साथ सहयोग आवश्यक छ, केही दिनभित्रै नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित भएको प्रमाणित गर्छु र व्ल्याकलिष्टबाट हटाआएर अन्र्तराष्ट्रिय क्षेत्रमा विश्वसनीयता बढाउँछु ।’

चाईनिज जहाजहरुको कारण नेपाल बायु सेवा निगम धराशयी बनेको छ भन्ने हल्ला छ नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री शाहीले भने,‘जहाज खरिद गर्ने कुरा दुई देशवीचको सम्बन्धको कुरा हो, यसबारेमा हामीले हचुवाको भरमा टिकाटिप्पणी गर्न मिल्दैन, वास्तविकता जे भएपनि कुटनीतिक स्तरबाटै यसको टुँगो लगाउनुपर्छ, हामीले जहाज लिईसकेका छौं, प्रयोगमा आईसकेका छन्, त्यसलाई अहिले आएर हामीले फिर्ता गर्छौं भन्न मिल्दैन, कमलसल छ भन्ने कुरामा छलफल गरेर सुधारक गरेर अघि बढ्न तयार छौं । ’ उनले छिमेकीहरुलाई चिढ्याएर नेपालको विकास हुन नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ