काठमाडौं । व्यवस्थापिक संसदबाट अर्थ समितिमा फिर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २ महिनासम्म छलफल हुन सकेको छैन । स्पष्ट कारण बिना नै समितिले बाफियाबारे पुनः छलफल नगरी अलपत्र .राखेको हो ।
बैंकका अध्यक्ष र संचालक समेत रहेका सांसदहरुको स्वार्थ अनुसार बाफिया विधयेकका प्रावधान संसोधन भएका कारण विवाद भएपनि संसदमा दर्ता भएको बाफिया विद्ययेकलाई असार ८ गते पुनः अर्थ समितिमै फिर्ता गरिएको थियो । तर हालसम्म यो विधयेकबारे छलफलका लागि समितिले कार्यतालिकामा समेत राखेको छैन ।
समितिका सभापति प्रकाश ज्वालाले अन्य विधयेकबारे छलफल चलिरहेकाले बाफियाबारे छलफल गर्न ढिला भएको स्विकार गरे ।
अर्थ समितिले बाफिया विधयेकमा राष्ट्र बैंकको प्रस्ताव विपरित बैंकका अध्यक्ष र संचालकको कार्यकाल तोक्ने, उद्योगी व्यवसायी बैंकको संचालकमा बस्न नपाउनेलगायतका प्रावधान संसोधन गरेको थियो । यसैगरी संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने व्यवस्था पनि विवादित रहेको छ ।
प्रतिक्रिया