वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले सार्वजनिक गर्यो मर्जर र एक्वीजिसन सम्बन्धी नयाँ विनियावली, मर्जर र एक्वीजीसनमा कडाई

अर्थटुडे
२०७३ भाद्र २३, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको एक आपसमा गाभिन (मर्जर) र एक अर्कालाई खरिद गर्न (एक्वीजिसन) सम्बन्धी विनियावलीहरुलाई शंसोधित गरी नयाँ विनियावली सार्वजनिक गरेको छ । मर्जर नीति २०५८ र एक्विजिसन नीति २०७० लाई एकै ठाउँमा गाभेर राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ सार्वजनिक गरेको हो । नयाँ विनियावली अनुसार अव बैक तथा वित्तिय संस्थाले मर्जर र एक्वीजिसनको लागि सैदान्तिक सहमति लिएपछि आफूखुसी भंग गर्न नपाउने भएका छन्

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ हेर्नका लागि यहाँ क्लीक गर्नुहोला

सैद्धान्तिक सहमति लिएर अन्तिम समयमा प्रक्रिया भंग गर्ने प्रवृत्ती बढ्दै गएपछि राष्ट्र बैंकले मर्जर र एक्वीजीसन सम्बन्धी नयाँ विनियावली बनाएर सार्वजनिक गरेको हो । राष्ट्र बैंक मर्जर नीति ल्याएपछि दर्जनौं बैंक तथा वित्तीय संस्थाले मर्जरको सम्झौता गरी अन्तिम समयमा तोडेका थिए । हालै मात्र माछापुच्छ्रे र जनता , कुमारी र एनसिसी बैंकले अन्तिम समयमा मर्जर प्रक्रिया भंग गरेका थिए ।

मर्जर प्रक्रियामा जादा लामो समयसम्म सेयर कारोबार रोक्का रहने र मर्जर पनि नहुने भएकाले साधारण लगानीकर्ता मर्कामा पर्दै आएका छन् । यही कारण पनि मर्जरमा गएका कम्पनीको सेयर कारोबार रोक्न नहुने आवाज समेत उठ्न थालेको छ ।

मर्जर तोड्ने प्रवृत्तिले ठूलो वित्तीय लागत र समय खेर जाने गरेको छ । यस्तै नयाँ विनियावलीले बैंक तथा वित्तीय संस्था गाभिँदा कायम गर्ने सेयर आदनप्रदान अनुपात गणना विधिलाई पनि थप वैज्ञानिक बनाएको छ ।

नयाँ ब्यवस्था अनुसार, गाभ्ने तथा गाभिने संस्थाहरुको सम्पतिको मूल्यांकन प्रचलित बजार मूल्यमा गर्नु पर्ने भएको छ । घरजग्गा, जमिन, सवारी साधन, मेशिनरीको हकमा सम्बन्धित व्यवसायिक विज्ञहरुको मूल्यांकन प्रतिवेदनका आधारमा लिनु पर्छ । सम्पति, दायित्व तथा कारोबारको कितावी मूल्य, समायोजित रकमसहितको प्रचलित बजार मूल्य खुल्ने विवरण तथा समायोजनका आधारहरु स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने व्यवस्था पनि यसपटक समेटिएको छ । सम्पति मूल्यांकन गर्ने प्रयोजनका लागि गुडविललाई भने समावेश गर्न नपाइने भएको छ ।

गाभ्न तथा गाभिनका लागि पुँजी पर्याप्तता, नेटवर्थ, निक्षेपको वर्गीकरण तथा संरचना, कर्जाको वर्गीकरण तथा गुणस्तर, कर्जा नोक्शानी व्यवस्थाको पर्याप्तता, कानुन पालनाको स्थिति, तरलता विवरण, जनशक्ति व्यवस्थापन, सुचना प्रविधि, ब्यवसायको बजार अंश, सेयर स्वाप अनुपात, सेयरको बजार मूल्य, शाखा सञ्जाल, गाभ्ने गाभिनेको पाँच बर्षको विवरणलाई विश्लेषण गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

राष्ट्र बैंकले गाभ्ने गाभिने संस्थाहरुको गणना गरिएको समायोजित कुल सम्पतिलाई ७५ प्रतिशत, ब्यवसायिक मूल्यांकनलाई २० प्रतिशत र नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० दिनको औषत कारोबार मूल्यको आधारमा तय हुने रकमलाई पाँच प्रतिशत भाराङ्क दिइ आधार नेटवर्थ गणना गर्नु पर्ने नयाँ व्यवस्था समेत गरेको छ । आधार नेटवर्थ निस्किएपछि त्यसको आधारमा प्रति सेयर आधार नेटवर्थ गणना गर्नु पर्ने हुन्छ । यसरी गणना गरिएको प्रति सेयर आधार नेटवर्थमध्ये गाभ्ने वा गाभिने जुन संस्थाको वढी छ त्यसलाई एक बराबर मानी बाकी संस्थाहरुको हिसाव गरी सेयर स्वाप अनुपात गणना गर्नु पर्ने व्यवस्थासमेत गरिएको छ ।

समस्याग्रस्त संस्थालाई कसैले किनेमा केही छुटको व्यवस्था गरिएको छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ