वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मिल्यो कांग्रेस निकट दुई वटा पर्यटन व्यवसायी संघ

अर्थटुडे
२०७३ भाद्र २३, बिहीबार

काठमाण्डौ । कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यावसायी संघ –निट नेपाल र नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ विचको एकता आज भव्यताका साथ सम्पन्न भएको छ । ठमेलको गोकर्णहाउसमा भएको एकीकरण सभामा दुवै पक्षको नामलाई ग्रहण गर्दै नेपाल पर्यटन व्यावसायी संघ(निट) नामक संघको घोषणा गरियो ।
एकबर्ष अघि निट नेपालबाट फरक मत राखी रामशरण थपलियाको नेतृत्वमा नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघको स्थापना भएको थियो । यसअघि प्रजातान्त्रिक विचारधाराका पर्यटन व्यावसायीहरुले दुई संस्था एक भएर अगाडि बढ्नको लागि निरन्तर दवाब दिदै आएका थिए ।
दुई संस्था एकीकरण पश्चात दिपक महतको नेतृत्वमा लोकतान्त्रिकका अध्यक्ष रामशरण थपलिया सहअध्यक्ष रहने गरी २१ सदस्यीय केन्द्रीय पदाधिकारी र ३० सदस्यीय केन्द्रीय सदस्य सहित ५१ सदस्यीय केन्द्रिय परिषद सदस्यको घोषणा गरिएको छ ।
घोषणापश्चात सहअध्यक्ष बनेका थपलियाले विगतका कमी कमजोरीहरुलाई औल्याउँदै संस्थालाई बलियो र मजबुत बनाउँदै जानको लागि आफु हरसमय प्रयत्नशिल रहने बताए ।
उनले अव पर्यटनमा कांग्रेस निकट संस्था नेपाल पर्यटन व्यावसायी संघ (निट) मात्र रहेकाले सवै प्रजातान्त्रिक विचारधाराका व्यावसायीहरुलाई संघमा आवद्ध हुन आग्रह समेत गर्नुभयो ।
त्यसैगरी एकिकरणपश्चात नेपाल पर्यटन व्यावसायी संघ (निट)को अध्यक्ष बनेका दिपक महतले संघलाई आगामी दिनमा शक्तिशाली र प्रभावशाली बनाउन यो एकता ऐतिहासिक भएको बताउँदै फुटले होईन, जुटले नै जितिन्छ भन्ने सन्देश प्रवाह गर्न आफुहरु सफल भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ