वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रमको भारत भ्रमण लगानी भित्र्याउनेमा केन्द्रित हुन्छ :प्रम सल्लाकार पौडेल

अर्थटुडे
२०७३ भाद्र २८, मंगलवार

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार श्रीराम पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालमा लगानी भित्र्याउने बारेमा विशेष कुरा हुने बताएका छन् । मंगलबार राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा उनले भारत नेपालको लागि महत्वपूर्ण ट्रेड पार्टनर भएकोले विगतमा भएका मेगा प्रोजेक्टहरुलाई कार्यान्वयनमा ल्याउनेतर्फ प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने जनाए । प्रधानमन्त्रीको भ्रमणमा नाकाहरुमा अब कहिल्यै अवरोध नहुनेवारेमा पनि विशेष कुरा हुने उनको विश्वास थियो । पौडेलले नेपाल–भारत सम्बन्धमा राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकोले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध आँफै सुदृढ हुने स्पष्ट पारे ।
नेपाल–भारत सम्बन्धमा बहुआयामिक पक्ष रहेको उल्लेख गर्दै दुईदेशवीचको हितलाई केन्द्रविन्दुमा राखेर द्धिपक्षीय सम्बन्ध अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए ।
त्यसैगरी पूर्वराजदुत एवम् पराष्ट्रविद डा.शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको उजेन्डा पेन्डिंग प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेबारेमा केन्द्रित हुनुपर्ने बताउँदै शर्माले भने,‘परियोजनाहरुको कार्यान्वयनमा ढिलाई भैरहेको छ, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।’
भारतीय लगानी भित्र्याउनको लागि पनि नेपालले होमवर्क गर्नुपर्नेमा जोड दिँदै शर्माले,‘लगानी र व्यापारको विशेष सम्बन्ध हुन्छ, त्यसैले हामीले लगानी भित्र्याउनेबारेमा पनि ध्यान दिनुपर्छ ।’ उनले आयात र निर्यातमा पनि नेपालले ध्यान दिनुपर्ने सुझाव दिए ।
त्यस्तै उनले अघि थपे,‘सफ्ट लोनलाई हामीले सदुपयोग गर्नुपर्छ, कुन परियोजनामा खर्च गर्ने हो, त्यसबारेमा होमवर्क गर्नुपर्छ ।’
आर्थिक कुटनीतिज्ञ डा. विश्वम्भर प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा पेण्डिँग प्राजेक्टहरुलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले दुईपक्षीय सम्बन्धलाई आर्थिक विकासको साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखे ।
भारतसँग नेपालको ठूलो व्यापार घाटा रहेकोले त्यसलाई कम गर्नेतर्फ समेत प्रधानमन्त्रीले आफ्नो भ्रमणमा विशेष कुरा गर्नुपर्ने बताए ।
उनले द्धिपक्षीय व्यापार सन्धिसम्झौताहरुको समयावधि सकिन लागेको तर्फ संकेत गर्दै त्यसतर्फ समेत ध्यान दिनुपर्ने बताए ।
भारतका लागि पूर्वराजदुत डा. दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक साझेदारी, कनेक्टिभीटी, हाईड्रोपावर लगायतका विषयलाई जोड दिनुपर्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुईदेशवीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको समेत उल्लेख गर्दै थपे,‘हामीले यसबाट फाईदा उठाउनुपर्छ ।’
उनले भारतीय लगानी वृद्धि नभएसम्म भारतसँगको व्यापार घाटा कम नहुने समेत दाबी गरे । उनले थपे,‘भारतीय लगानी वृद्धि गरेपछि मात्रै व्यापार घाटा कम हुन्छ, त्यतातिर हामीले ध्यान दिनुपर्छ ।’
अर्का पराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमण अघिल्लो वर्ष बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरको रुपमा रहेको चित्रण गरे ।
पाण्डेले प्रधानमन्त्री दाहालको भारत भ्रमणको केही एजेण्डाहरु भने उदेकलाग्दो रहेको टिप्पणी गरे । प्रधानमन्त्रीले भारतको हिमाञ्चल प्रदेशमा जलविद्युतको विकास हेर्न जाने कुरा नेपालको लागि नौलो नभएको उनको टिप्पणी थियो ।
उनले प्रस्ट्याए,‘जलविद्युतमा हामीसँग १०० वर्षको ईतिहाँस छ, प्रधानमन्त्रीले किन त्यहाँ जानुपर्यो ?’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ