काठमाडौं । ग्लोबल आइएमई बैंक संचालक समितिले आर्थिक वर्ष ०७२\०७३ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । बोनश वितरण पश्चात बैंकको चुक्ता पुँजी ७ अर्व १५ करोड ५ लाख पुग्नेछ । बैंकले गत आवमा १ अर्व ३८ करोड खुद नाफा गरेको छ ।
९१ शाखा, १० राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ एक्सटेन्सन काउण्टर तथा ४२ शाखा रहित बैंकिङ सेवा कारोबार गरीरहेको बैंकले हालसम्म ७६ अर्व ८४ करोड निक्षेप संकलन गरी ६४ अर्व ६३ करोड कर्जा लगानी गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंकको १६ प्रतिशत बोनस सेयर
२०७३ भाद्र २९, बुधबार
प्रतिक्रिया