वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिभिजन सहकारी कार्यालय काठमाडौंको सूचना

अर्थटुडे
२०७४ असार ७, बुधबार
काठमाडौं जिल्लास्थित सम्पूर्ण सहकारी संघ\संस्थाका सर्वसाधारणलाई सूचना
  • कार्यालयले तोकिदिएको कार्यक्षेत्रभन्दा बाहिर बसोबास गर्ने व्यक्तिहरुलाई शेयर सदस्य बनाइ कारोबार नगरौं, शेयर सदस्य नबनौं ।
  • त्यस्तै प्रकृतिको अन्य संस्थामा सदस्य नभएका, कालो सूचिमा नपरेका र नेपाली नागरिकता लिएका व्यक्तिलाई मात्र सदस्य बनाऔं ।
  • सदस्य भन्दा बाहिर (गैर सदस्य) सँग कारोबार (बचत तथा ऋण) नगरौं ।
  • अन्य कुनै सहकारी संस्थाको संचालक वा लेखा समितिमा रहेका व्यक्तिलाई संचालक तथा लेखा समितिमा नराखौैं ।
  • संस्थाको रकम संचालक समितिका पदाधिकारीको निजी व्यवसायमा लगानी नगरौं, घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा होइन पर्याप्त धितो (सुरक्षण) लिएर सदस्यलाई उद्यमी बनाउने व्यवसायीक क्षेत्रमा मात्र लगानी गरौं ।
  • अरुलाई लोभ्याउने खालका प्रचारप्रसारमूलक बिज्ञापन नगरौं । संस्थाको स्विकृत विनियम तथा कार्यक्षेत्र अध्ययन गरेर मात्र सदस्य बन्ने तथा कारोबार गर्ने गरौं ।
  • मुद्दति खाता नखोलौं, ३ वर्षभन्दा कम अवधिको आवधिक निक्षेप मात्र स्विकार गरौं ।
  • सदस्यले गरेको लगानी र बचत रकमको आधारमा उनीहरुबीच कुनै विभेद नगरौं ।
  • संस्थालाई सुधारमुखी तुल्याउन लेखा समितिलाई सक्रिय बनाऔं ।
  • ऋणमा लिने र बचतमा दिने व्याजदरको अन्तर ६ प्रतिशतभन्दा बढी नगरौं ।
  • कार्यालयको स्विकृत नलिइ संस्थाको कार्यालय सार्ने, सेवा केन्द्र संचालन गर्ने र विनियम भन्दा बाहिरको काम गर्ने नगरौं, संस्थाको सेवा र उपभोग गर्ने गर्दा स्विकृत विनियमका प्रावधान अनुसार मात्र गरौं ।
  • कानूनको उल्लंघन ठहरिने अन्य कार्य समेत नगरी दण्ड सजायबाट बचौं ।
  • लेखापरिक्षण प्रतिवेदन, संस्थाको वार्षिक प्रतिवेदन साधारणसभाबाट पारित गराइ यथा समयमा कार्यालयमा पेश गरौं ।
  • संस्थाबाट सिर्जना हुने कुनै पनि कागजात संघसंस्थाको अध्यक्षबाट प्रमाणीत र छाप लगानी मात्र कार्यालयमा पेश गरौं ।
  • आफ्नो संघ\संस्थाको copomis User ID कार्यालयबाट लिइ आफ्नो विवरण यथासमयमा अद्यावधि गरौं ।

थप जानकारीका लागि www.deoc.gov.np, www.dcoktm.gov.np वेवसाईटलाई  नियमित रुपमा हेरौं ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ