वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब किसानलाई क्रेडिट कार्ड

अर्थटुडे
२०७७ जेष्ठ १५, बिहीबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि किसानलाई क्रेडिट कार्ड वितरण गर्ने भएको छ । कृषिलाई व्यवस्थित गर्दै यसमा युवाहरुलाई आकर्षित गर्नका लागि नेपालमा पहिलोपटक यो कार्यक्रम सुरु गर्न लागिएको हो ।

संघिय संसदमा विहिबार आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले किसानलाई क्रेडिट कार्ड सुरु गरिने जानकारी दिए ।

किसानलाई मल, विउँ, औषधी पुर्याउन भारतमा सुरु गरिएको यो मोडल नेपालमा पनि सुरु गर्न लागिएको हो ।

क्रेडिट कार्ड बैंकको एटिएम कार्डजस्तै हो । एटिएमकार्डबाट बैंकको खातामा रहेको रकम झिक्ने पाएजस्तै किसान कार्डको माध्यमबाट किसानले मल, विउ, औषधीलगायतका सामान लिन पाउछन् ।

सरकारले प्रदान गर्ने क्रेडिट कार्डमा रकमको सिमा तोकिएको हुन्छ । किसानले उक्त रकम चलाएबराबर न्यूनतम व्याजदर भुक्तानी गर्नुपर्छ । यसैगरी किसानले उत्पादन बिक्री गरेपछि भने रकम भुक्तानी गर्नुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ