वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकको खुद नाफा ३६.६९ % बढ्यो, निष्कृय कर्जा ०.७० मा सिमित

अर्थटुडे
२०७७ श्रावण २२, बिहीबार

काठमाडौ । राष्ट्रिय सहकारी बैंकको खुद नाफा ३६.६९ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षमा ६८ करोड १८ लाख ५२हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै बैकले अघिल्लो बर्षको तुलनामा गत बर्ष व्याज आम्दानी १८ करोड ५४ लाख १५ हजार रुपैयाँ बढी गरेको छ ।भने खुद सन्चालन आम्दानी १५ करोड ३१ लाख ४४ हजार रुपैयाँले बढेको छ ।

बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा लगानी भने पर्याप्त गर्न सकेको छैन । अघिल्लो आर्थिक बर्षमा बैंकको सिसिडि रेसियो ६४.५३प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा घटेर ५४.१४ प्रतिशत रहेको छ ।

कोभिड १९ फैलन नदिनका लागि सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुन गई सहकारीका सदस्यहरुले कर्जाको माग नगरी आफूसँग भएको निक्षेप मात्र राख्दा बैंकको कर्जा लगानी पर्याप्त नभएको बैंकले जनाएको छ ।
त्यस्तै बैंकले निष्कृय कर्जा भने राम्रोसँग उठाएको छ । अघिल्लो आथ्ृिक बर्षको अन्त्यमा १.३४ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा गत आर्थिक बर्षमा घटेर ०.७० मा ल्याएको छ । यो सहकारी बैंकको ठूलो सफलता हो । केही बर्षअघि सहकारी बैंकको खराव कर्जा ४ प्रतिशत भन्दा माथि रहेको थियो ।

त्यस्तै बैले आफ्नो सेयर पुँजी बढाएर २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक बर्षमा सेयरपुँजी १ अर्ब ५७ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

बैकको गत आर्थिक बर्षमा ४६ अर्ब ८८ करोड ३० लाख ६१ हजार रुपैयाँ निक्षेप रहेको छ ,। अघिल्लो आर्थिक बर्षमा यस्तो निक्षेप २७ अर्ब ९५ करोड ८१ लाख २५ हजार रहेको थियो ।

त्यस्तै कर्जा तर्फ बैंकले गत आर्थिक बर्षमा२६ अर्ब ६९ करोड ८५ लाख ९६ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा १९ अर्ब २ करोड २० लाख ११हजार रुपैयाँ कर्जा प्रबाह गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ