काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए)पहिलो पटक भचुएअल रुपमा बार्षिक साधारणसभा सम्पन्न गरेको छ । विहिबार भएको साधारणसभामामा विभिन्न देशका १८७ वटा प्रतिनिधि संस्थाका ७५८ भोटरले विभिन्न ६ वटा एजेन्डामा आफ्नो मत दिएका थिए ।
साधारण सभामा आइसीएका अध्यक्ष एरियल ग्वार्काेले प्रस्तुत गरेको सन् २०१९ को १७ अक्टोबरमा किगालीमा सम्पन्न भएको बार्षिक साधारण सभाको माइन्युट अनुमोदन गरेको थियो ।
भर्चुअल रुपमा व्यवस्थित रुपमा समर्थन गर्ने, नगर्ने र तठस्थ बस्नेको राइज हाइन्ड अफसनबाट भोटिङ गरिएको छ ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले जानकारी दिइन् । त्यसैगरी सो सभाले २०१९ को १६ डिसेम्बरमा भएको विशेष साधारण सभाको निर्णयलाई समेत अनुमोदन गरेको थियो पनि मल्लको भनाई थियो ।
२०१९ को आर्थिक प्रतिवेदन र सन् २०२० को अनुमानीत बजेट समेत पास गरेको छ । सो सभाले लेखा परिक्षक नियुक्त समेत गरेको थियो । जसमा समर्थनमा ४३५ भोट र १ भोट विपक्षमा गएको थियो भन ६ भोट तठस्थ रहेको मल्लले जानकारी दिइन् ।
आइसीएको विधानमा नै आपतकालिन तथा महामारीको अवस्थामा भर्चुअल साधारण सभा गर्न सकिने गरी संशोधन भएको थियो ।
आइसीएमा विश्वका १सय १० देशका ३ सय १० सहकारी संघ÷संस्थाहरु सदस्य रहेका छन् । नेपालबाट राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकको ८ मत रहेको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघको ४, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको ३ मत रहेको छ । राष्ट्रिय सहकारी विकास बोर्ड पनि एसोसिएट सदस्य रहेको छ ।
मल्ल नेपालबाट आइसीएको ग्लोबल बोर्ड सदस्यमा जित्ने पहिलो नेपाली नागरिक हुनुहुन्छ । उहाँले मलेसियामा सन् २०१७ मा भएको निर्वाचनमा जितेकी थिइन् ।
उनले आइसीएको विधानमा नै आपतकालिन तथा महामारीको अवस्थामा भर्चुअल साधारण सभा गर्न सकिने गरी संशोधन भएको बताइन् । ‘ब्रोसेलको राष्ट्रिय कानुनले पनि यसलाई मान्यता दिइसकेको छ ।’
प्रतिक्रिया